• Breaking News

    9.09.2014

    प्रचण्डका छोराले अञ्जु पन्तलाई भने -क्रिश्चियन भनेर घमण्ड नगर

    २४ भदौ, काठमाडौं ।

    पछिल्लो समयमा हिन्दुवादी गीत नगाएको भनेर चर्चामा रहेकी अञ्जु पन्तको विषयमा टिप्पणी गर्नेको पंक्तिमा प्रचण्डका छोरा पनि थपिएका छन् । प्रकाश दाहालले अञ्जु पन्तलाई क्रिश्चियन भनेर घमण्ड नगर्न सुझाव दिएका छन् ।

    अञ्जु पन्तका गीत सुन्ने ९९ प्रतिशत मानिस हिन्दु रहेको भन्दै प्रकाशले तिनै हिन्दुले हिट बनाएकी अञ्जुले अहिले आएर हिन्दुको गीत नगाउने भनेर बखेडा झिक्न ठिक नहुने समेत उनको भनाइ छ ।

    प्रचण्डका छोराले फेसबुकमा लेखेका छन्' धर्म हाम्रो विभिन्न हून्छन् सबै धर्मको सम्मान गर्नु हामी सबैको कर्तव्य हो । अन्जु पन्तलाई ९५% नेपालीले क्रिश्चियन भनेर उनको गित सुनेका होईनन् । उनि नेपाली भनेरै सुनेका हून् । मलाई लाग्छ ९९% हिन्दुहरुले उनको गित सुनिदिएरनै उनि हिट भएकी हून् ।'

    प्रकाशले अन्जुले हिन्दु शब्द भएको गित गाउदिन भनेर घमण्ड गर्नुको कुनै तूक नरहेको भन्दै 'कि तपाईको गित क्रिश्यिचन मुलुक तिरकाले सुन्छन् ?? भनेर प्रश्न समेत तेर्साएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र