• Breaking News

    8.12.2014

    मार्क जुकरबर्गले टाउको काटिदिन्छु भन्थे : नोहा केगन

    मंगलबार, साउन २७,
     एजेन्सी । फेसबुकका मालिक मार्क जुकरबर्गलाई लिएर उनकै  एक कर्मचारीले एक अच्चमको खुलासा गरेका छन् । उनका अनुसार जुकरबर्गले  टाउको तरवारले काटिदिने  भनि  स्टाफलाई धमकी दिने गर्दथे । यस कुराको दावि फेसबुकका एक पूर्व कर्मचारीले अफ्नो किताबमा गरेका छन्  ।

     नोहा केगन  दावि गरेका छन् कि जुकरबर्गको कम्पनीमा  कमजोर  व्यवस्थापन कारण  उनि  राम्रो  प्रदर्शन नगर्ने स्टाफको टाउको जापानी समुराई नामको तरवारवाट काटिदिने धमकी दिने गर्दथे ।

     केगानका अनुसार जुकरबर्गले खराब प्रदर्शन गर्ने कर्मचारिहरुको  टाउको  काट्ने र टाउको काबूमा लिने कुरा गर्दथे । केगनले भने मलाई थाहा छैन कि जुकरबर्गले समुराई तरवार कहाँ वाट पाए ? उनि त्यँहा रहुन्जेल सम्म जुकरबर्गले  कुनै  पनि कर्मचारीलाई  नोक्सान पुर्याएन्न । केगनका अनुसार जुकरबर्गले एक इन्जीनियरको कम्प्यूटरमा पानी फालेका थिए र उनिलाई धेरै गालि गरेका थिए ।

    केगनले भने जुकरबर्ग  ठट्टामा राम्रो काम नगरेमा स्टाफहरुलाई  मुक्का हान्छु भन्थे । केगन २००६ सम्म फेसबुकसँग आवद्ध थिए ।  त्यस समय  फेसबुक  कम्पनी   एक बर्ष अगाडि मात्र सुरु भएको थियो  । केगनको यस खुलासा प्रति जुकरबर्गले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैन्न ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र