काठमाडौं । नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ ले पाँच दिनमा करोडको कारोबार गरेको छ । उक्त चलचित्र मंगलबार बिहानको ‘शो’ संगै करोड क्लबमा प्रबेश गरेको हो ।
रिलिज भएको दिन शुक्रबार खासै राम्रो व्यापार नभएपनि त्यसको भोलिपल्टै नायक श्रेष्ठको निधन भएपछि देशभरका हलहरुमा चलचित्र हेर्नेहरुको ओइरो नै लागेको थियो ।
नायक श्रेष्ठले नै ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएर निर्माण गरेको चलचित्र ‘कोहिनुर’ मा नायक श्रीकृष्ण र नायिका स्वेता खड्काको मुख्य भूमिका रहेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न दर्शकहरुको भीड बढिरहेका छन् ।
आकाश अधिकारीले निर्देशन गरेको फिल्म ‘कोहिनुर’ मा नायक श्रीकृष्ण र नायिका स्वेता खड्काले लगानी गरेका हुन् । फिल्म रिलिज हुनुअघि देखि नै गम्भीर विरामी परेका श्रीकृष्णले अडियो सन्देश पठाउँदै आफू छिट्टै दर्शक संगै बसेर फिल्म हेर्न आउने बाँचा गरेपनि उनी शनिबारराति सदाका लागि विदा भए ।
एक महिनाअघि मात्रै कोहिनुर अभिनेत्री स्वेता खड्कासँग विवाह बन्धनमा बाधिएका नायक श्रेष्ठ त्यस लगत्तै भारतको सिमला पुगेका थिए । उतै विरामी भएपछि उपचारका लागि नयाँ दिल्ली लगिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment