• Breaking News

    8.12.2014

    बेरोजगार युवालाई भत्ता दिनुपर्छः गौतम

    २७ साउन, काठमाडौँ ।
    उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सरकारले बेरोजगार युवाहरुलाई बेरोजगारी भत्ता दिनुपर्ने बताएका छन् ।
    अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले शिक्षा र सीप अनुसारको रोजगारी पाउनु युवाहरुको हक भएको र रोजगारी नपाउने युवाहरुलाई सरकारले बेरोजगारी भत्ता दिनुपर्ने बताए ।
    कार्यक्रममा गौतमले बेरोजगारी भक्ता दिन सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले सरकारले युवाहरुका सबै हक अधिकार सुरक्षित गर्न सरकारले युवा परिषद् गठनको तयारी गरिरहेको बताए ।
    भत्ता पाउने अनिश्चित भएपनि युवाहरु अन्र्तराष्ट्रिय युवा दिवसको कार्यक्रममा सहभागि भएका छन् । समृद्धिका लागि मानसिक रुपमा स्वस्थ युवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी अन्र्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र