• Breaking News

    8.14.2014

    बलात्कारका अभियुक्त जोगाउन चलखेल

    साउन २९ बाँके बेलहरी–२ बुढिया गाउँमा एक किशोरी माथि बलात्कार भएको घटना मिलाउन मोटो रकम लेनदेन भएको खुलासा भएको छ । एक १३ वर्षिया किशोरीलाई बलात्कार गर्ने गाउँकै ६ जनालाई पीडित परिवारले कारवाहीको दवाव दिंदै आएपनि स्थानीय केहि नेताले घटना मिलाउन अभियुक्तहरु सँंग ३ लाख रुपैया“ असूल गरेको आरोप लगाइपछि उक्त खुलासा भएको हो । पीडितले पटक पटक कारवाहीको माग गर्दै जाहेरी दर्ता गराउन आएपनि ३ जनाविरुद्ध मात्र कारबाही प्रक्रिया अघि बढाइ बाँकीलाई उन्मुक्ति दिन चलखेल भएको छ । बलात्कारका अभियुक्त बेलहरी गाबिस वडा नंं.६ बस्ने मजलूस खाँ, सहजाद खाँ र समि कुरैसी माथि मुद्दा दायर नगरी छाडिएको पीडित परिवारको आरोप छ । उनै ३ जनाले समातेर किशोरीलाई गाउँ बाहिरको बगैचामा लगेको र घटनामा इम्ताज खाँ, जलील खाँ र रुकमान खाँ सहित ६ जनाले बलात्कार गरेको बारे यसअघि पीडित किशोरीले प्रहरी समक्ष बयान गरेकी थिइन् । घटना मिलाउन गाउँका नेताहरुले रुपैया“ असूल गरेर ३ जनाको नाम कटाएको स्थानीय एक युवाले जानकारी दिए । यद्यपि उनले आफ्नो सुरक्षा कारण देखाउँदै रकम असूल गर्ने नेताको नाम बताउन मानेनन् । खजुराका तत्कालिन प्रहरी इन्चार्ज खगेन्द्र बिसीले रुपैया चलेको तर कसले लिएको बारे जानकारी नपाएको दैनिक नेपालगन्जसँग बताए । उनले अनुसन्धान प्रभावित हुने किसिमको कुनै क्रियाकलाप नभएको बताउँदै सो रुपैया“ पीडित परिवारलेनै बलात्कारीहरुबाट बुझेको बारे जानकारी आएको दावी गरे । ‘पीडित गरिब परिवार मध्ये भएकोले गाउँमा सामुदायिक रुपमा दबाव दिएर तीन जनाको नाम हटाएर मुद्दा प्रहरी समक्ष आएको देखिन्छ,’ इन्चार्ज बिसीले भने । उनले गाउँलेहरुको अबरोधका कारण अभियुक्त घरमा बसेपनि पक्राउ गर्न समस्या रहेको जानकारी दिए । हालै जिम्मेवारीमा आएका खजुरा प्रहरी इन्चार्ज अभिलेख चौधरीले घटनामा ६ जनाको संलग्नता रहेको बारे आफुलेपनि थाहा पाएको बताए । ‘पहिला ६ जनाको नाम सुनियो’, दैनिक नेपालगन्जसंग चौधरीले भने । पछि जाहेरी दर्ता हुँदा ३ जनाको नाम मात्रै आएको उनले बताए । इन्चार्ज चौधरीले पीडित परिवार आफै गाउँमा छलफल गरेर ३ जनाको नाम लुकाएकोले यसमा प्रहरीको कुनै दोष नरहेको स्पष्ट पारे । घटना भएको करिब ३ साता बितेको छ । तर घटनामा संलग्न अभियुक्तहरु गाउँमा बस्दै आएपनि पक्राउ परेका छैनन् । बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले घटनामा संलग्नहरुको खोजी भइरहेको बताएका छन् । ‘हामीले सादा पोशाकमा प्रहरी खटाएका छौं,’ उनले भने, ‘गाउँमा नरहेका कारण फन्दामा नपरेका हुन् ।
    नेपलगन्ज न्युज
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र