• Breaking News

    8.14.2014

    इबोलाले लियो चिकित्सकको ज्यान

    काठमाडौ, २९ साउन(एजेन्सी) : इबोला नामक भाइरसले अहिले निकै त्रास फैलाइरहेको छ । पश्चिम अफ्रिकामा करिब १ हजार मानिसको ज्यान लिइसकेको इबोलाले सियारा लियोनमा एक चिकित्सकको ज्यान लिएको छ ।
    अमेरिकामा तालिम लिएका चिकित्सक मोडुफेह कोलेको ज्यान गएको हो । इबोला भाइरसविरूद्ध कोनट अस्पतालमा काम गरिरहेका कोलेको इबोलाकै कारण ज्यान गएको बताइएको छ ।
    इबोलाका कारण कोलको ज्यान गएपछि उनीसँगै काम गरिरहेका अर्का चिकित्सक शेख अुमार खानलाई इबोलाविरूद्ध काम गर्नका लागि निकै गाह्रो भएको छ भने उनी पनि उक्त रोगबाट ग्रसित हुन सक्ने आशंका गरिएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र