• Breaking News

    8.26.2014

    सिन्धुपाल्चोकमा फेरि पहिरोले घर पुर्‍यो, दुईको मृत्यु, दुई बेपत्ता

    ११ भदौं, काठमाडौं ।

     दुई फरक स्थानमा पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।

    सिन्धुपाल्चोकको महांकालमा पहिरोले घर पुरिदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

    बुधवार विहान २ बजेतिर माथिबाट आएको पहिरोले दिलबहादुर तामाङ्को घर पुरिँदा उनीसहित चार जनालाई पहिरोले पुरेको हो ।

    बेपत्ताहुनेमा घर धनी दिलबहादुर तामाङ, उनका पिता मानबहादुर, छोरा प्रशान्त र छोरी एलीसा तामाङ रहेका छन् । पहिरोमा परेकी श्रीमती मोती तामाङलाई अचेत अवस्थामा स्थानियले उद्धार गरेका छन् ।

    त्यसैगरी पर्वतको कुस्मा नगरपालीका अठार स्थित हरीलाल चापागाँईको घर पहिरोले बगाउदा एकै परिवारका चारजना बेपत्ता भएका छन् । गएराती देखी परेको अविरल बर्षा संगै आएको पहिरोले घरबगाउँदा घरधनी हरिलाल, श्रीमती र दुई छोरा छोरी पहिरोमा पुरीएर बेपत्ता भएका छन् । बेपत्ताहुनेको खोजीकार्य भईरहेको स्थानियले जानकारी दिएका छन् ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र