इलाम, भदौ ११– जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा पक्राउ परेका साँखेजुङ–८ का अनुप गुरुङलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरेको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मङ्गलबार गुरुङलाई मुलुकी ऐन विवाहबारी महलको ९ बमोजिम कसुर गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।
अनुपले गत वैशाख महिनामा सपना लिम्बूलाई दोस्रो विवाह गरेपछि जेठी श्रीमती सविनाले उनी विरूद्ध गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment