• Breaking News

    8.26.2014

    आतंकवादीले विमान अपहरण गर्न लागेको सूचना आएपछि…..

    काठमाडौं,भदौ ११–भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्नसक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।
    आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले काठमाडौं–नयाँदिल्ली, कलकत्ता, बनारस, बागडोग्रा सेक्टरको कुनै जहाजलाई आफ्नो कुत्सित उद्देश्य परिपूर्तिका निम्ति कब्जामा लिनसक्ने संकेतसहितको एसएमएस पठाइएको थियो ।यस कामका निम्ति केही आतंककारी काठमाडौं छिरिसकेको सूचनाअनुसार अघिल्लो शुक्रबार दिउँसो ३ बजे सुरक्षासम्बन्धी बैठक बसेर कठोर निर्णय लिइएको छ । विषयवस्तुको संवेदनशीलता नै यस्तो कि उक्त बैठक साँझ साढे ५ः३० बजेसम्म चलेको थियो । जापानले सन् १९४१ मा पर्ल हार्वर (हवाई अखण्डा)माथि आक्रमण गर्नसक्ने सूचना प्राप्त हुँदा त्यहाँस्थित ड्युटी अफिसरले नपत्याएर ‘आइ वान्ट कन्फरमेसन’ भनी बेवास्ता गरेकै कारण डिसेम्बर १४ को बिहान ७ः५५ बजे अमेरिकामाथि भयंकर क्षति हुन पुगेको (१९जहाज डुवेर २३ सय नागरिकको ज्यान गएको )प्रसंग आलै छ ।
    शुक्रबारको बैठकपछि एयर इण्डिया, स्पाइस, जेट, इन्डिगो विमानसेवाका कर्मचारीहरुलाई बोलाएर आन्तरिक सुरक्षामा हेलचेक्रयाइ नगर्न भनिएको छ भने उनीहरुसँग १० दिन अगाडिदेखि आगामी एक सातासम्म यात्रुहरुको बुकिङ लिष्ट मागेर प्रत्येक यात्रुको पृष्ठभूमि अध्ययन गरिँदैछ ।नेपालका नेता र व्यापारीहरुले सानसौकतका निम्तिसमेत प्रयोग गर्ने भीआईपी कक्षमा कडाइ गरिएको छ भने सीआईपी कक्ष उपलब्ध गराउने काम हालका निम्ति रोकिएको छ ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र