• Breaking News

    8.24.2014

    चन्द्र–सूर्यअंकति झण्डा नेपालको होइन, हिन्दूवादीको : आङकाजी

    काठमाडौं, ८ भदौ । चर्को जातिय राजनीतिको वकालत गर्ने संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले चन्द्र-सूर्यअंकित झण्डा नेपालको नभई हिन्दूवादीको मात्र भएको आरोप लगाएका छन् ।
    सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै आङकाजीले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने जिकिर गरेका हुन् । नेपाली झण्डा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डा भएको आङकाजीको आरोप छ ।
    राष्ट्रिय झण्डामा एकात्मक हिन्दू धर्मको प्रतीक अंकित भएको भन्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशको झण्डा नेपालको झण्डै हुनै नसक्ने दाबी गरेका छन् ।
    आङकाजीले मानव झण्डा बनाएर कीर्तिमान कायम गरेकोमा आलोचना समेत गरेका छन् । मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउन पूर्वराजा ज्ञानेन्द्र शाह र अतिहिन्दूवादी देशीविदेशी शक्तिकेन्द्रहरुले ३५ लाख रुपैंया खर्च गरेको आरोप समेत लगाएका छन् ।
    ‘ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशीविदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडिखेलमा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेसी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं ।’- शेर्पाको प्रतिक्रिया छ ।
    dainiknepal
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    1 comment:

    1. You are Idiot .............. Aang Paaji............. !!!!

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र