• Breaking News

    8.24.2014

    घातक इबोला भाइसरको शिकार कम्प्यूटर पनि

    आइतबार, भदौ ८, एजेन्सी।अहिलेसम्म केबल मानिसमा मात्र समीत रहेको इबोला भाइरसको दुष्परिणाम अव साइवर स्पेसमा पनि देखा पर्दै गएको छ। एक अनुसन्धानको रिपोर्टका अनुसार साइबर अपराधीहरुले यस रोगको डरको फाइदा उठाएर मालवेयर सफ्ट्वयर ‘पर्शनल कम्प्यूटर’ माथि निशाना बनाउन थालेको बताएको छ। यस सनसनी अध्ययनको खुलासा सिक्योरिटी सोल्युशन्स प्रोवाइडर सिमान्टेकले गरेको हो।

    सिक्योरिटी फर्म सिमान्टेकका अनुसार, सामाजिक इङजीनियरिङ्ग थीमको रूपमा इबोला भाइसको उपयोग गरेर तीन मालवेयर गतिविधि एंव फिशिङ्ग (सम्वेदनशील सूचना चोरने कोशिश) अभियान चलाउन थालिएको छ। यस फर्मले भनेको छ, पश्चिम अफ्रीकामा इबोला भाइस संक्रमणको खबर संसार भरीका देशको समचारपत्रहरुमा छापिरहेका छन्। र साइबर अपराधी फेरी यस नयाँ सूचनाको प्रयोग पीडितलाई लुभाउनको लागि यस्तो गरिरहेको बताएको छ।

    साइबर अपराधीले झुटो रिपोर्टको साथ ईमेल पनि पठाइरहेका छन्। प्रयोगकर्ताहरुको उपकरणमा ट्रोजन डाटा पाठाएर प्रयोगकर्तालाई झुक्याउने गरेको उक्ता संस्थाले खुलासा गरेको छ।

    सिक्योरिटी फर्म सिमान्टेकले भनेको छ, ‘कम्प्यूटरमा आक्रमणको शिलशिलामा साइबर अपराधीले ईमेल पठाइरहेका छन्, जसमा उनीहरुले आफू ठुलो टेलिकम अपरेटर बताउदै ट्रोजन भाइरस पठाइरहेको खुलासा गरेको छ। ति साइवर अपराधीहरुले उच्चस्तरको प्रस्तुतिकरणले धेरै समाजिक अभियानकर्ता फसेको पनि बताएको छ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र