• Breaking News

    8.24.2014

    बसपार्कमा युवती झिस्काउँदा ........

    ८ भदौ, काभ्रे ।
    धुलिखेलमा बसपार्कमा गाडी कुरेर बसिरहेका युवतीहरुलाई जिस्काउँदा दुई युवक प्रहरीको खोरमा पुगेका छन् । आज विहान धुलिखेलमा युवतीलाई जिस्काउने गंगाराम व्याञ्जु र सिर्जन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।
    काभ्रेमा प्रहरीले युवती जिस्काउनेलाई पहिलो पटक मुद्धा चलाएको हो । पिडित युवतीहरुले उजुरी गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सार्वजनिक सवारी साधन र स्थानमा महिलामाथि हिंसा हुने गरेको टिप्पणी भइरहँदा प्रहरीले त्यस्ता कार्यलाई निरुत्साहित पार्ने अभियान बेलाबखतमा चलाउँदै आएको छ । बढी भीडभाड हुने स्थानमा महिलामाथि त्यस्ता कार्य हुने गरेको गुनासो नेपालमा पछिल्लो पटक बढिरहेको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र