घर नजिकै खेतमा शौच गर्न बसेकी महिलालाई हेरेको विषयमा विवाद चर्किएपछि कपिलवस्तु बासखोर २ गौरीगञ्जमा दुई पक्षबीच झडप हुदा एक युवकको ज्यान गएको छ ।
झडपमा पाँच जना घाइते भएका छन् । कपिलवस्तु जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माका अनुसार उक्त विषयमा भएको विवादपछि छिमेकीबीचको झडपमा इटा र लठ्ठीको चोटले ४० वर्षीय युनुशअहमद मुसलमानको ज्यान गएको हो ।
घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धान र अभियोगसहित पाँच आरोपितलाई सोमबार अदालतमा पेस गरिने उपरीक्षक शर्माले बताए । झडपमा मृतकका बाबु यार मोहमद सहित पाँच जना धाइते भएका छन् । उनीहरुको अवस्था समान्य छ ।
छिमेकी दुई पक्षबीचको झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यलय पकडीबाट टोलीलाई थप मदत गर्न सदरमुकाम तौलिहवाबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment