• Breaking News

    8.10.2014

    ‘चरी’ की प्रेमिकाको घर प्रहरी छानविनमा

    काठमाडौं । प्रहरी मुठभेडमा मारिएका गुन्ढागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’ का आफन्तहरुको सम्पत्ति प्रहरीले छानविन गर्ने भएको छ ।

    उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानविन थालेको छ ।

    खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको चरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसँग मिलेर छानविन गर्न लागेको हो ।

    ‘धापाखेलस्थित सिभिल होम्सको घर नं. २४ चरीले अबैध रुपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका अधिकारी भन्छन्, ‘यो सहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौं ।

    आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन् । एक करोड रुपैयाभन्दा बढि तिरेर सो घर किनेको स्रोत बताउँछ । गत वर्षसम्म महाराजगञ्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् । आजको नयाँ पत्रिकार दैनिकमा समाचार छ ।
     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र