• Breaking News

    8.10.2014

    पारसलाई अब थाइल्याण्डमा बिजनेस भिसा

    साउन २६, २०७१
    काठमाडौं ।पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट तत्काल नेपाल नफर्कनेभएकाछन्।
    अहिलेसम्म स्टुडेन्ट भिसामा बस्दै आएका उनले अब बिजनेस भिसा अप्लाई गरेका छन्। आगामी बुधबार पारसको बिजनेस भिसा लाग्ने उनका सहयोगीले जानकारी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

    स्टुडेन्ट भिसाको म्याद २१ साउनमा सकिएको थियो।म्याद सकिनुअघि नै उनले बिजनेस भिसाका लागि १६ साउनमा निबेदन दिएका थिए।पारसको भिसा प्रक्रिया मिलाउन उनका साथी राजेश सिह केहि दिनअघि नै बैंकक गएका थिए।

    भिसाका लागि कागजात मिलाउने काम सिंहले नै गरेका छन्।थाइल्याण्डमा रहेका नेपालीले भिसाका लागि पारसलाई सहयोग गरेको उनका साथीहरुको भनाई छ। स्रोतका अनुसार भिसा थपिने भएपछि पारस उनकी थाइ प्रेमिका कन्निकाको घरमा गएका छन्।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र