बारा, साउन ३० – प्रेम विवाह गरेर भारतीय युवतीलाई अलपत्रमा पार्ने युवकलाइ प्रहरीले बिना कारबाही छाडेको भन्दै बाराको कलैयामा महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
भारतको झारखण्ड राज्यको हजारी वागकी २२ वर्षीया पुनम यादवसँग प्रेम विवाह गरेर फरार भएका बारा तेलकुँवा ६ बेनौलीका दिपु गुप्तालाइ प्रहरीले अस्ति बुधबार नियन्त्रणमा लिएको भएपनि विहीबार राति बिना कारबाही छाडेपछि महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी र स्थानीयवासीले कलैयमा प्रहरी प्रशासनको विरोधमा प्रदर्शन गरेका हुन् ।
उनिहरुले कलैया स्थित जिल्ला प्रहरी कार्यालय र जिला प्रशासन कार्यालय अगाडि टायर बलेर नाराबाजी गर्दै दिउँसोदेखि कलैया–वीरगन्ज सडक खण्डमा यातायात सेवा पनि ठप्प पारेका छन् । आज बिहान बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाइ भेटेर पिडित युवतीलाइ न्याय दिलाउन आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएपछि अधिकारकर्मी सडक आन्दोलनमा उत्रिएका हुन् ।
भारतको बैङ्गलोरमा अध्ययनरत रहेका बेला दिपुले ३ वर्ष अघि पुनमसंग प्रेम विवाह गरेका थिए । त्यसको केहि समय पछि दिपुले पुनमलाइ बैंग्लोरमै छाडेर फरार भएपछि पिडित पुनमले साउन १५ गते कलैयामा आएर न्यायको माग गर्दै विस्तृत विवरण सहितको उजुरी जिला प्रहरी कार्यालय बारामा दिनुभएको थियो ।
तर बारा प्रहरीकै उच्च अधिकृतहरुले न्याय दिलाउनुको सटटा पिडित युवतीलाइ घर फर्किन दबाब दिएको स्थानीय महिलाअधिकारकर्मीहरुको भनाइ छ । पीडित युवती पुनमले बैङ्गलोर रहदा दिपुसंग शारीरिक सम्पर्कसमेत भएको भिडियो रेकर्डसमेत महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सविता बास्तोलालाई उपलब्ध गराएको भएपनि प्रहरीले आफूलाई न्याय नदिएको बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment