काठमाडौँ, ३० साउन । प्रहरी प्रतिकारमा मारिएका दिनेश अधिकारी उर्फ ‘चरी’का दाजु ध्रुव अधिकारीले सर्वोच्च अदालतमा प्रहरीविरुद्ध रिट दायर गरेका छन्। विभिन्न आपराधिक गतिविधिमा संलग्न ‘चरी’ साउने २१ गते भीमढुंगा–६ नर्सरी भञ्ज्याङमा मारिएका थिए।
पछ्याउँदै गएको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रतिकारमा जवाफी फायर गर्दा ुचरीु मारिएको प्रहरीले जनाउँदै आएको छ। शुक्रबार अधिकारीले दायर गरेको रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोका, महानगरीय प्रमुख आयुक्तको कार्यालय रानीपोखरी, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।
‘प्रहरी नायब उपरीक्षक मीना चौधरी, प्रहरी निरीक्षक कुमुद ढुंगेल, काठमाडौं बिजुलीबजार बस्ने अर्पण कोइराला, महानगरीय अपराध महाशाखा प्रमुख पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख उत्तम कार्कीसमेत पाँच जनाविरुद्ध साउन २७ का दिन किटानी जाहेरी दिन जाँदा दर्ता र दरपिठ दुवै नगरी फर्काइयो,ु रिटमा उल्लेख छ।
गोली हानी गैरन्यायिक ढंगबाट घटना भएको प्रष्ट हुँदाहुँदै जाहेरी दरखास्त दर्ता नगर्नाले अनुसन्धान प्रभावित दाबी अधिकारीको छ। रिटमा जाहेरी दर्ता गरी अनुसन्धानको काम अगाडि बढाउन अन्तरिम आदेशको माग रिटमा गरिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment