महोत्तरी, साउन १०– विहे गरेको झण्डै तीन महिनामै एक महिलाले आत्महत्या गरेकी छन् । महोत्तरी जिल्लाको रतौली गाविसमा स्थानीय रञ्जीत मण्डलकी पत्नी २२ वर्षीया मिन्टुदेवी मण्डलले झण्डिएर आत्महत्या गरेकी हुन् ।
उनको शब रतौली गाविसस्थित एक आँपको बोटमा शुक्रबार झुन्डिएको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले घरासयी विवादका कारण आत्महत्या गरेकी अनुमान छ ।
उनीहरुको गत वैशाखमा मात्रै बिहे भएको थियो ।
नवविवाहिताको आत्महत्याबारे अनुसन्धान भइरहेको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment