• Breaking News

    7.25.2014

    नेताले आफ्नै दाजुभाउजु कुटे पछी ...

    साउन १०  लहान । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य कवुली पासवानले आफ्नै दाजुभाउजुलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।

    सिरहाको इटाटार गाविस ६ घर भएका पासवानले आफ्नै सहोदर दाई ओली पासवान र भाउजु ऋषिदेवी पासवानलाई निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।

    काठको चिरान टुक्राले कुटपिट गर्दा ओली सामान्य र ऋषिदेवी गम्भीर घाईते भएका छन् । ऋषिदेवीको शरीरभरी निलडाम देखिएको छ । कुटपिटबाट हात समेत चलाउन नसक्ने भएकी उनको लहानमा उपचार भइरहेको छ ।

    उनका छोरा धमेन्द्र पासवानले हात समेत चलाउन नसक्दा भाँचिएको हुनसक्ने बताए । लेनदेनको विषयमा विवाद हुँदा घरमा प्रवेश गरी आमा र बुवालाई निर्घात कुटपिट गरिएको धर्मेन्द्रले सुनाए ।

    प्रहरी प्रशासनले केही गर्न नसक्ने भनेर तथानाम गालीगलौज गर्दै पासवानले कुटपिट गरेका थिए ।
    #nepalsandesh#

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र