• Breaking News

    7.25.2014

    बाबुआमाले छोराछोरी पिटन नपाउने

    काठमाडौं,साउन१०–छोराछोरीलाई तह लगाउने नाममा बाबुआमा हुन वा विद्यार्थीलाई अनुशाशित बनाउने नाममा शिक्षकशिक्षिकाले सामान्य रुपले पनि कुटपिट गर्न नपाउने भएका छन् ।
    बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गर्न व्यवस्थापिका संसदमा पेश गर्न लागिएको मस्यौदामा कुटपिट गर्न नपाइने प्रावधान राखिएको छ ।
    मस्यौदाको ऐनको दफा ७ मा रहेको बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालको हितका लागि सामान्य पिटाईलाई यातनापूर्ण व्यवहार नमानिने प्राधान परिवर्तन गरिने उल्लेख छ ।
    उक्त दफामा ‘क्रुर वा यातनापूर्ण व्यवहार गर्न नहुने’ शीर्षक अन्तर्गत उल्लेख छ, ‘बालकप्रति क्रुर वा यातनापूर्ण व्यवहार गर्नु हुदैन् ।तर बाबुआमा,परिवारका सदस्य संरक्षक तथा शिक्षकले बालकको हितका लागि हप्काएको वा सामान्य पिटाइ गरेकोमा यस दफाको उल्लघन मानिएको छैन् ।’
    संशोधन मस्यौदा उक्त दफामा रहेको सामान्य पिटाइ हटाएर ‘हप्काएकोमा’ मात्रै राखिएको छ ।मौजुदा ऐनको उक्त दफामा बालकमात्र भनिएकोमा संशोधन गर्न बनाइएको प्रस्तावमा बालबालिका राखिएको छ । प्रस्तावित प्रावधानसहित ऐन संशोधन भए बालबालिकालाई कुनै पनि बहानामा कसैले कुनै पनि स्तरको पिटाइ गर्न पाइनेछैन ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र