• Breaking News

    7.13.2014

    चिहानमा गाडिएको लास झिकेर खाने प्रहरी गिरफ्तारमा


    पाकिस्तानको पंजाब प्रांतको पुलिसले एक यस्तो नरभक्षीलाई गिरफ्तार गरेको छ, जसलाइ मान्छेको मासु खाने गरेको आरोप लागेको छ ।त्यो मान्छेले लास गाड्ने ठाउँ (कब्रिस्तान) बाट लाश घर ल्याएर खाने गर्थ्यो । गिरफ्तारमा परेका उनि र उनका भै दुवै जना मरेको मान्छेको मासु चीनबाट झिकेर खाएको आरोप लागेको छ
    आरिफ नाम गरेको एक जना बच्चाको लाश गाडीएको स्थानबाट चोरेको आरोप उनलाई लागेको थियो त्यस पश्चात पुलिसले छापा मर्दा उनको साथमा बच्चाको टाउको समेत भेटिएको थियो | पुलिसको अनुसार पाकिस्तानको भक्कर जिल्लाको आरिफ र फरमान भन्ने व्यक्तिहरुले कब्रिस्तान (मान्छे गाड्ने ठाउँ) बाट लाश लिएर आउथे, अनि त्यसलाई खान्थे । गिरफ्तार गरिनु पुर्व आरोपित २ जनाले करीब १ सय ५० शवलाई गाडिएको ठाउँबाट निकालेर त्यसको मासु खाएका थिए ।

    आरोपित उनको घरमा पहिले देखि मासुको गन्ध आउने गरेको छिमेकीहरुले पुलिसलाई बताएका थिए | । पुलिसले उसको घरबाट पहिले पनि धेरै बच्चाको टाउको पाएको बताएको छ । तर पाकिस्तानमा मरेका मान्छेसंग जोडिएको कुनै पनि कानुन नभएको कारण २०११ मा पक्राउ परेका यीनिहरुलाई २ बर्षको कैद र ५० हजार लिई छोडिएको थियो । यी दुबै दाजुभाई बिबाहित थिए तर २०११ मा नरभक्षिको आरोप लागे पछी उनका श्रीमतीहरुले छोडीदिएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र