• Breaking News

    7.13.2014

    चिहानभित्र युवतीको प्रेम खोजेपछि….

    असार २८ एजेन्सी ,
                 
    भनिन्छ प्रेमीहरु आफ्नी प्रेमिकाको माया पाउनका लागि जेसुकै गर्न तयार हुन्छन् । आकाशको जुनतारा झारीदिने कुरा त कति सत्य हुन्छ तर भारतको बागपतमा तीन जना प्रेमीले जे गरे त्यसले उनीहरुलाई प्रहरीको चिसो छिढीमा पुराएको छ।
    घटनाअनुसार बागपतका तीन युवाले युवतीको प्रेम पाउनका लागि तान्त्रिकले बताएअनुसार अन्धविश्वासमा परेर उनीहरुले अप्रिय कदम उठाएका थिए । तान्त्रिकले उनीहरुलाई लाशको हड्डी ल्याए युवतीहरुले माया गर्ने बताएपछि उनीहरु गाउँकै एक सहयोगीका साथ उनीहरुले चिहान खन्न सुरु गरेका थिए । यसप्रकारको सूचना पाउने बित्तिकै गाउँको चिहान अर्थात कब्रस्तानमा ठुलो संख्यामा प्रहरी परिचालन गरियो । प्रहरीले चिहान खन्दै गर्दा एक व्यक्तिसहित दुई युवालाई पक्राउ गरेको छ। तान्त्रिक र एक छात्र भने फरार रहेको बताइएको छ।
    प्रेमिकाको माया पाउन प्रेमीहरु आफ्नै हातको नशा काट्छन् । मयााकै लागि ज्यान दिनेहरुका बारेमा पनि तपाईले सुन्नु भएकै होला । तर, कुनै युवतीको माया पाउनका लागि मुर्दाको साहारा लिएको भने यो पहिलो घटना हुन सक्छ । भारतको बागपत जिल्लाको बिनौली थाना क्षेत्रको जौहडी गाउँमा त्यतिबेला माहौल तात्यो जब गाउँको कब्रस्तानमा कब्रा खनिरहेको खबर फैलियो । खबरसँगै सबै जना चिहान भएतिर दौडिए । कुनै अप्रिय घटना हुनुअघि नै प्रहरीले घटनास्थल नियन्त्रणमा लियो ।
    पक्राउ परेका छात्रका अनुसार उनीहरुले युवतीसँग मित्रता गर्न यो काम गरेका हुन् । किनभने उनीहरुसँग कुनै पनि युवतीले मित्रता गर्न चाहेका थिएनन् । त्यसैले उनीहरु एक तान्त्रिकको शरणमा पुगे । जसले उनीहरुलाई लाशको हड्डी ल्याउन भने । त्यसैले उनीहरु चिहान खन्न पुगेका हुन् । अर्जुन नामको छात्र र तान्त्रिक अहिले पनि फरार छन् । प्रहरीले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने दावी गरेको छ । सोनु र अनुजलाई भने प्रहरीले पक्राउ गरेको छ। एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र