• Breaking News

    7.25.2014

    कार्यालयमै हाकिमले महिला कर्मचारीको हात समातेपछि……..

    काठमाडौं,साउन१०– कार्यालय प्रमुखको टेवुलमा रहेको टेलिफोनको घन्टी बज्यो । कार्यालय प्रमुखले नजिकै रहेकी कर्मचारी सविना(नाम परिवर्तन) फोन उठाउन आग्रह गरे । हाकिमसाब्लाई खोजेको रहेछ,’ उनले फोन रिसिभर हाकिमलाई दिइन् । हाकिमले रिसिभर नभएर उनको हात समाते । सविनाले झसंग भएर हात तानिन् । त्यो रात उनलाई निन्द्रा लागेन । केही महिनासम्म पहल गरेर उनले छिमेकी जिल्लामा सरुवा मिलाइन् ।
    सविनाको मात्रै होइन्,सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरुमा काम गर्ने महिला कर्मचारी दिनदिनैजसो उपल्लो तहका पुरुष कर्मचारीबाट पीडित भइरहेका छन् । ७० प्रतिशतभन्दा धेरै महिला कर्मचारी आफ्नै सहकर्मीको हिंसाबाट पीडित हुने गरेको सविना बताउँछिन् ।
    पुरुष कर्मचारीले महिला कर्मचारीहरुलाई राति फोन गरेर हैरान बनाउने गरेको अर्की एक महिला कर्मचारी बताउँछिन् । ‘रक्सी खाएर मात्तिएर राति फोन गर्छन् । अनि व्यक्तिगत जीवनको कुरा गर्न थाल्छन् । मेरो त सानैमा विहे भएको,पत्नी मन पर्दैन जस्ता निजी जीवनका कुरा गर्छन् । यसको आशय के हो ?’ यसरी राति फोनमा कुरा गरेपछि भोलिपल्ट उसको मुखमा हेर्न नसक्ने,कार्यालयमा काम गर्न गाह«ो हुने उनी बताउँछिन् । फोन उठाएन भने भोलिपल्ट कार्यालयमा भिन्नै व्यवहार गर्ने गरेको उनको गुनासो छ । अन्नपुर्ण पोष्टमा खबर छ

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र