कञ्चनपुर,साउन १४ । एक साता अघि महाकाली अञ्चलमा शिशु जन्माएर फरार आमालाई पत्ता लगाउन प्रहरीले शंकास्पद व्यक्तिहरु सित सोध पुछलाई निरन्तरता दिएको छ । प्रहरीले ती महिलालाई अस्पताल सम्म पुगाउने पुरुषलाई पत्ता लगाउन अनुसन्धान गरेको हो । गत साता चार दिनसम्म दिशा नभएको भन्दै अस्पतालको आकस्मिक उपचार कक्षमा पुगेकी ती महिला शौचालय जाने बहानामा शिशु जन्माएर फरार भएकी थिइन् । अस्पतालका कर्मचारी र अस्पतालमा खटिएका प्रहरीबाट महिला सित आएका पुरुषको हुलिया लिएर वडा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । कुर्ता सुरुवालमा अस्पतालमा आएकी झण्डै २२-२३ वर्षकी ती महिला सित आएका पुरुष कर्मचारी जस्ता देखिएकाले सरकारी तथा गैर सरकारी र सुरक्षाकर्मीलाई समेत अप्रत्यक्ष रुपमा सोधपुछ गरिएको छ । प्रहरी निरीक्षक चन्दले शंकास्पद सबैलाई सोधपुछ गरिएकाले सबैको नाम खुलाउन नसकिने बताए । अञ्चल अस्पतालकी नर्सिङ्ग अधिकृत इन्दु धिर पौडेलले प्रस्तुती कक्षमा राखिएका ती बालकको नाम बुद्ध राखि दिएकी छन् । बुधबारका दिन जन्मिएकाले उनको नाम बुद्ध राखिएको नर्सिङ्ग अधिकृत पौडेले बताइन् । स्थानीय प्रशासनले उनलाई धर्मपुत्रका रुपमा प्रदान गर्ने जिम्मेवारी महिला तथा बालबालिका कार्यालयलाई दिएको छ । वेवारिशे शिशु भेटिएको खबर बाहिर आएपछि बच्चा १५-१६ जना बच्चा लिन अस्पताल पुगेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment