पानीट्याङ्की (मोरङ), साउन १४ – गाउँमा बढ्दै गएको झैँझगडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झैँझगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर आफँैले सजाय दिने निर्णय गरेका छन् ।
गाउँमा बढ्दो झैँझगडालाई न्यूनीकरण गर्न सोमबार भेला भएको गाउँलेको बैठकले स्थानीय आमा समूहकी अगुवा बिमला पोमूको अध्यक्षतामा सुरक्षा समिति गठन गरेर दोषीलाई सोही समितिबाट कारबाही गर्ने निर्णय गरेका हुन् ।
उनीहरूले गाउँमा रक्सी र लागुऔषध खाएर होहल्ला गर्नेलाई गाउँको मुख्य चौकमा रहेको ठूलो बरको रूखमुनि १२ घण्टा डोरीले बाँधेर सजाय दिने र आइन्दा होहल्ला गर्दिन भन्ने प्रतिबद्धता गराए छाड्ने निर्णय गरेको स्थानीय प्रभाति निमाविका शिक्षक मोहन चापागाईंले जानकारी गराए ।
गाउँलेले आफूले मिलाउन र कारबाही गर्न नसकेका घटना मात्र प्रहरी चौकीमा लाने निर्णय गरेका छन् । चक्रेटोल मोरङको उर्लाबारी नगरपालिकादेखि करिब चार किलोमिटर दक्षिणमा पर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment