• Breaking News

    7.29.2014

    नेपाल फर्किन लागेका पूर्वयुवराज पारस अर्कै प्लानमा

    काठमाडौं । साउन २१ म भिसा अवधि सकिने कारण फर्किने भनिएका पूर्वयुवराज पारस शाह सकेसम्म उतै बस्ने योजनामा छन् ।

    फर्किने समाचार आएलगत्तै पारिवारिक विखण्डन सम्बन्धि खबरका कारण तत्काल नआउने मनस्थितिमा पुगेका हुन् । अहिलेसम्म विद्यार्थी भिसामा बस्दै आएका उनले बैकक सरकारसमक्ष बिजनेश भिसाको लागि आवेदन दिएका छन् ।

    उनलाई लिन जाने भनिएका पुराना साथी राजेश सिंह पनि अहिले नजाने भएका छन् । उनलाई पारसले नै अहिले नआउन भनेका हुन् । फर्किने अबरसंगै बाबु ज्ञानेन्द्र निर्मल निवास छोडेर आफू गृष्मकालीन दरबार नागार्जुन सरे ।

    पत्नी हिमानीले पनि पारससंग नबस्ने बताईन् । पारस भने अझै पनि थाई प्रेमिका कन्निका चाइसानलाई छाड्ने पक्षमा छैनन् । केही समयअघि लागु औषधसहित बैंकक प्रहरीद्वारा पक्राउ परेका थिए ।

    उक्त मुद्दामा यही साउन १७ गते शनिबार सुनुवाई हुदैछ । त्यसक्रममा उनलाई सफाई दिने र थप हिरासत हुने दुवै सम्भावना उत्तिकै रहेको कानुनी सहयोगीले बताएका छन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र