तीन दिनअघि सासूको निधन भएपछि चितवन पुगेका अध्यक्ष प्रचण्ड काठमाडौं फर्केलगत्तै बिरामी भएका हुन् । शुक्रबार लाजिम्पाटस्थित निवासमा स्वास्थ्य जाँच गरेपछि चिकित्सिकहरुले एन्टिबायोटिक औषधि दिएका छन् । साथै प्रचण्डलाई डाक्टरले कम्तिमा तीन दिन आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकहरु डा. बुलन्द थापा र डा. लोचन कार्कीलेप्रचण्ढको जाँच गरेका हुन् । अस्वस्थ भएपछि प्रचण्डले शुक्रबार कुनै भेटघाट कार्यक्रम नराखेको प्रचण्डनिकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो । यसबारे बुझ्दा प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले बिरामी परेकाले आराम गरिरहेको जानकारी दिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment