• Breaking News

    7.31.2014

    राजमार्गमा युवा मृत अवस्थामा फेला

    १६ साउन, कञ्चनपुर ।
    जिल्लाको दैजीबजारनजिकै प्रहरीले आज सुडा–४ नयाँ गाउँका २० वर्षीय लालबहादुर खुनाको शव फेला पारेको छ ।
    दैजीबजारभन्दा झन्डै एक किलोमिटर पश्चिमतर्फ पूर्वपश्चिम राजमार्ग छेउमा खुनाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

    “खुनाको टाउकोमा गहिरो घाउ रहेको पाइएको छ”–उनले भने–“अनुसन्धानको कार्य अगाडि बढाएका छौँ ।” शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र