• Breaking News

    7.31.2014

    कस्तो होला निशाको 'भ्यालेन्टाईन' ?

    काठमाडौँ, १६ साउन । फ्राईडे रिलिज अन्तर्गत शुक्रवारबाट एक मात्र नेपाली चलचित्र दर्शक माझ आएको छ । सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘मेरो भ्यालेन्टाईन’ सिङ्गल रिलिज भएको हो ।

    अघिल्लो हप्ता प्रदर्शनमा आएको हिन्दी सिनेमा ‘किक’को प्रभाव घट्दै गएकोले चलचित्र राम्रो बनेकोमा दर्शक तान्न सक्ने अनुमान छ ।

    सुशिल श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लिड रोलमा छन् । चलचित्रले प्रेम कथालाई समेटेको निर्माण युनिटले बताएको छ । यो सँगै दुई हलिउड सिनेमा ‘प्लेन्जः फायर एण्ड रेस्क्यु’ र ‘हर्कुलस थ्रीडी’ पनि हलमा आएका छन् ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र