साउन १४ गते
मुम्बई । बलिउडमा नायक ऋतिक रोशन र सुजैन खानबीचको चोलीलाई गत वर्षको डिसेम्बरमा डिभोर्स हुनु अघिसम्म पनि राम्रो मानिन्थ्यो । सुझबुझपूर्ण दाम्पत्य जीवन बिताइरहेका ठानिएका ऋतिक–सुजैनले एकाएक डिभोर्सको समाचार सार्वजनिक गरेपछि सुन्नेहरु अवाक् भए ।
पहिले कहिल्यै मनमुटाब वा झैझगडाका खबर नआइकनै एकैपटक दुई सन्तानका अभिभावक अलग्गिने भन्ने निर्णयले धेरैका मनमा प्रश्न उब्जाएको थियो । जुन आठ महिना बित्न लाग्दा पनि स्पष्ट हुन सकेको छैन ।
बालसखा समेत रहेका यी दुईले लभ म्यारिज गरेका थिए । जुन १४ वर्षमै टुंगियो । सम्बन्धबिच्छेद हुनुमा ऋतिकले घरपरिवारलाई पर्याप्त समय नदिएको र पत्नी सुजैनलाई बेवास्ता गरेकाले डिभोर्सको स्थिति निम्तिएको लख काटिएको छ ।
त्यसो त एक अर्काखाले व्यक्तिहरु सुजैनको नायक अर्जुन रामपालसँगको हिमचिमले ऋतिकसंग फाटो आएको पनि मान्छन् । टाउको दुख्ने रोगले ग्रसित ऋतिकलाई यतिबेला भने नयाँ विषयले टाउको दुखाएको छ । सुजैनले डिभोर्सबापत ऋतिकसंग ४ अर्व भारु मग गरेकी छिन् ।
पछिल्लोपटक उनीहरु छोराको वर्थडे पार्टीमा संगै देखिएका थिए । तर अब भने सम्बन्ध विच्छेद बाँडफाँडमा पुगेको छ । ऋतिकले सुजैनलाई ३ अर्ब ८० करोड भारुसम्म दिन राजी भइसकेका छन् । तर कुरा २० करोडमा अड्किएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment