• Breaking News

    7.24.2014

    कहाँ-कहाँ बन्दैछ नेपालमा केबलकार ?

    काठमाडौं, ९ असार । गोदावरी–फूल्चोकी केवलकार बनाउन स्थानीय सहकारी संस्थाले अनुमति दिएको छ। सिद्धेश्वर पर्यटन सहरकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २ दशमलव ९०३ किमी मोनो केवलकार बनाउन लागेको हो।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिक अधिकृत जगन्नाथ घिमिरेका अनुसार हालै मात्र यसको निर्माणका लागि अनुमति दिएको बताए। ‘जमिनका लागि सम्बन्धित पक्षले नै वन मन्त्रालयसँग प्रक्रिया पूरा गर्नेछ,’ उनले भने।
    काठमाडौंबाट घुम्न जाने आन्तरिक पर्यटकलाई लक्षित गरी केवलकार निरम्ण गर्न लागिएको हो। संस्थाका सचिव रवि आचार्यका अनुसार केवलकारको सुरू विन्दुनेर रहेको बोटानिकल गार्डेनमा मात्र वार्षिक ३ लाख ६० हजार घुम्न आउछन्।
    अबको एक वर्षभित्रमा निर्माणकार्य सुरू भइसक्नेछ। यसअघि थानकोट-चन्द्रागिरीका लागि पर्यटन मन्त्रालयले अनुमति दिएर निर्माणकार्य प्रारम्भ भइसकेको छ। त्यस्तै अर्को केवलकार योजना बुढानिलकण्ठ देखिशिवपुरीका लागि पनि विस्तृत अध्ययन पूरा भइसकेको छ। यसैगरी प्युठान तथा पूर्वको पाथिभरामा पनि केवलकार बनाउने योजना बनाएको आजको कान्तिपुरमा खबर छापिएको छ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र