• Breaking News

    7.24.2014

    अबको ६ वर्षमा चिनियाँ रेल नेपाल जोडिने

    काठमाडौं,साउन९–नेपाल,भारत र भुटानी सिमासम्म रेल कुदाउने चिनियाँ सपना चाँडै पुरा हुने भएको छ ।
    ल्हासा हुँदै सिगात्से आइपुगेको यो रेलमार्ग ६ वर्षभित्र नेपालको सिमाक्षेत्र केरुङ जोड्ने चीनले औपचारिक घोषणा गरेको छ ।
    मंगलबार १४ औँ ट्रयाकको परीक्षणपछि ल्हासा–सिगात्से रेलमार्ग निर्माण पूरा भएको जनाउँ दिँदै बुधबार आफ्नो वेभपेजमार्फत २०२० भित्र त्यसलाई नेपाल, भारत र भुटानको सिमा क्षेत्रसम्म विस्तार गरिने जानकारी दिएको हो।
    ‘ल्हासा–सिगात्से २ सय ५३ किलोमिटर रेलमार्ग निर्माण मंगलबार सम्पन्न भएको छ, अगस्टबाट रेल सञ्चालनमा आउने छ’, तिब्बत रेलवेका उपप्रमुख याङ युलिनलाई उद्धृत गर्दै चीन सरकारको वेभसाइट जीओभी डटसिएनले लेखेको छ, ‘चीनको १३ औँ पञ्च वर्षीय योजना (२०१६–२०२०) भित्र सिगात्सेबाट दुई वटा रेल लिङ्क विस्तार गरिनेछ– नेपालको सिमाक्षेत्र केरुङ र भारत तथा भुटानको सिमा क्षेत्र यादुङसम्म ।’
    आजको नागरिक दैनिकले खकर छापेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र