• Breaking News

    7.24.2014

    श्रीमती देहव्यापारमा लगाउनेलाई ११ वर्ष कैद

    भक्तपुर, साउन ९ – श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने एक युवकलाई भक्तपुर जिल्ला अदालतले १० वर्षको कैद सजायँ सुनाएको छ ।
    सिन्धुपाल्चोक साम्पालकोट गाविस ३ घरभई काठमाडौ लैनचौर बस्ने ३५ वर्षका दीपक पण्डितलाई जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद, ५५ हजार जरिवाना र त्यसमा थप ५० प्रतिशत क्षतिपूर्ती सहितको फैसला सुनाएको हो ।
    २०५५ सालमा मागी विवाह गरेका पण्डितले २७ वर्षकी आफ्नी पत्नीलाई जबरजस्ती यौन धन्धामा लगाएको पुष्टी भएको भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो । गाउँमा दुःख पाइयो भन्दै श्रीमान्ले २०६२ सालमा ४ वर्षको छोरासंगै भक्तपुरको बालकोट ल्याएका महिलालाई जबरजस्ती बेश्यावृत्तिमा संलग्न गराएका थिए ।
    पीडित महिलाका अनुसार आफु कोठा बाहिर बसेर मधेसी मूलका व्यक्तिहरुसंग पैसा लिएर कोठाभित्र पठाउने गर्दथे । मदिरा र जुवातासको लत लागेका श्रीमान्लाई आफू ज्यामी काम गरेरै भएपनि परिवार पाल्छु भन्दा नमानी यौनधन्दामा लगाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । बेश्यावृत्तिमा लगाई शारीरिक र मानसिक यातना दिने क्रम नरोकिएपछि उनले उजुरी दिएकी हुन् ।
    श्रीमानले मसाज सेन्टर खोलेर जबर्जस्ती यौनधन्दामा लगाएको पनि पीडित महिलाले बताएकी थिइन् । यसपछि महानगरीय प्रहरी परिषर भक्तपुरले दीपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अदालतमा दीपकले श्रीमतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको, शारीरिक तथा मानसिक यातना दिएको स्वीकारेका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र