• Breaking News

    7.29.2014

    काठमाडौ,कास्की, मोरङ, सुनसरी र झापा असुरक्षित

    काठमाडौं । काठमाडौं, कास्की, मोरङ, सुनसरी र झापा देशका सबैभन्दा असुरक्षित जिल्ला रहेको प्रहरीको तथ्यांकले देखाएको छ । एक वर्षमा ती जिल्लामा सबैभन्दा धेरै अपराध हुने गरेको तथ्यांकका आधारमा प्रहरी प्रधान कार्यालयले असुरक्षित र संवेदनशील जिल्लामा राखेको हो ।

    प्रहरी मुख्यालयले तयार पारेको आर्थिक वर्ष ०७०/७१ को तथ्यांकअनुसार काठमाडौंमा विभिन्न किसिमका पाँच हजार ६ सय ६५ अपराध भएका छन् । काठमाडौंमा सबैभन्दा धेरै अपराध भएको र संवेदनशील रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौंमा ४५ जनाको हत्या तथा ८६ जनाको हत्या प्रयास भएको छ । दुई सय ७६ वटा चोरीका घटना भएका छन् । लागूऔषध सम्बन्धी दुई सय ४३, बलात्कारका घटना ८४, विद्युतीय कारोबार अन्तर्गत ४६ तथा दुई सय ८९ जनाको आत्महत्यासम्बन्धी अपराध प्रहरीमा दर्ता भएको तथ्यांक छ ।

    काठमाडौंमा दुई सय ७१ वटा भवितव्य ज्यानका घटना भएका छन् । दोस्रो धेरै अपराध हुने जिल्ला कास्की छ । कास्कीमा १३ जनाको हत्या भएको छ । आत्महत्या, लागूऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा धेरै छन् ।

    त्यस्तै, मोरङमा एक वर्षमा एक हजार दुई सय ४० अपराधजन्य घटना भएका छन् । ति मध्ये २२ जनाको हत्या तथा २३ जनाको हत्या प्रयास भएको छ । आजको नयँपत्रिका दैनिकमा समाचार छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र