• Breaking News

    7.25.2014

    रगतको खोलो बगेपछी गाउँले आत्तिए (फोटो फिचर)

    चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वेन्झोउ शहरका बासिन्दा शुक्रबार विहान उठ्दा अचम्मित भए । किन भने उनीहरुको शहर छेउँमा बग्ने नदीको पानी रगतको खोलो जस्तो देखियो ।
    कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।

    त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।

    पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

    बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
    तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र