• Breaking News

    7.24.2014

    एउटा व्यक्तिको २३२ वटा दाँत !


    त्यसो त मानिसको मुखमा सामान्यतः ३२ वटा दाँत हुने गर्दछ । तर, भारतको मुम्बईमा चिकित्सक त्यतिबेला हैरान भए जतिबेला अपरेशनका क्रममा एक १७ वर्षीय युवकको मुखबाट उनीहरुले २३२ वटा दाँत निकाले ।
    मुम्बईको जेजे अस्पतालका दन्त विभाग प्रमुख डा. सुनन्दा धिवारेले बीबीसीलाई बताएअनुसार अशिक गवईको दायाँतर्फ दुखाई महशुस भएको थियो । उनलाई गत १८ महिनादेखि नै यो दुखाई थियो । गाउँमा जब डाक्टर रोग पहिचान गर्न सकेनन् तब उनलाई सहर ल्याइयो ।
    डाक्टरहरुले युवकको अवस्था ‘निकै दुलर्भ’ र ‘विश्व रेकर्ड’ बताएका छन् । डा. धिवारे भन्छिन्–अशिक ओडोंटोमा नामक रोगसँग जुझिरहेका थिए । जसमा एकै गिँजाले अनेक दाँत बनाउने गर्दछ । यो एकप्रकारको ट्युमरको सुरुवात पनि हो ।
    उनले भनिन्–शुरुमा हामीले यसलार्य काटेर बाहिर निकाल्न सकेनौं, त्यसैले निकाल्नका लागिव हामीले छिनो र हथौडा प्रयोग गर्नुपर्ने भयो ।
    डा. धिवारे भन्छिन्–जसै हामीले त्यसलाई खोल्यौ एकपछि अर्को ससाना मोतीजस्तो दाँत बाहिर आउन सुरु भयो । सुरुमा हामी त्यो सब जम्मा गरिरहेका थियौ । त्यो साँच्चिकै सानो मोति जस्तो थियो । तर, फेरि हामी थाक्यौ जब हामीले पछि गन्ती गर्दा २३२ वटा रहेछ ।
    अशिकको अपरेशन दुई सर्जन र दुई सहायक मिलेर सोमबार गरेका हुन् । अपरेशनपछि अब अशिकको मुखमा २८ वटा दाँत बाँकी छ । उनको अपरेशनका लागि दुई जना डाक्टरलाई करिब सात घण्टा लागेको थियो ।
    डा. धिवारे अशिकको मामिला निकै दुर्लभ भएको बताउँछिन् । उनका अनुसार उनले आफ्नो ३० वर्षको करिअरमा यसप्रकारको अवस्था कहिल्यै देखेकी थिइनन् ।
    उपलव्ध मेडिकल रेकर्डका अनुसार यसअघि माथिल्लो गिँजाको ट्युमरबाट बढीमा ३७ दाँत निकालिएको थियो । तर, अशिकको मामिलामा ट्युमर तल्लो भागको निकै भित्रसम्म थियो । जसमा १०० वटा दाँत थियो ।
    मुम्बईको एक पत्रिकामा अंशिकका पिताले बताएअनुसार उनका छोरालाई विगत एक महिनादेखि भयानक दुखाई थियो । उनले भने–मलाई डर थियो कि कतै क्यान्सरको रुप नलियोस् । त्यसैले मैले छोरालाई मुम्बई लिएर आएँ । एजेन्सी

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र