सोहाले कुनाल खेमुको विवाहको प्रस्तावलाई स्विकार गरेकी छिन् र उनीहरुले पेरिसमा इन्गेजमेन्ट भइसकेको खबर छ ।
यो कुराको पुष्टि स्वयं सोहाले आफ्नो ट्विटर अकाउन्ट मार्फत गरेकी छिन् । उनी भन्छिन्, ‘मलाई तपाईंहरु सँग यो कुरा सार्वजनिक गर्न निकै खुसी लागेको छ । कुनालले मलाई एउटा संसारको सबैभन्दा राम्रो औंठीमार्फत विवाहको प्रस्ताव राखेका छन् जसमा मैले स्विकारोक्ति जनाएकी छु ।’
बलिउडका थुप्रै कलाकारहरुले सोहा र कुनाललाई ट्विटरमार्फत बधाई दिएका छन् । बधाई दिनेमा सोहाको सबैभन्दा मिल्ने साथी नेहा धुपियाले बधाई दिएकी थिइन् । उनका साथसाथै दिया मिर्जा र थुप्रै कलाकारको बधाईको ओइरो सोहाको ट्विटर अकाउन्टमा आएको थियो । (एजेन्सी)
No comments:
Post a Comment