• Breaking News

    7.24.2014

    अल्जेरियाली विमान १ सय १० यात्रु सहित सम्पर्कविहिन

    ८ साउन, एजेन्सी ।

    एयर अल्जेरियाको यात्रुबाहक विमान बुर्किना फासोको आकाशबाट सम्पर्क विहिन भएको छ । बुर्किनाफासोबाट उडेको आधा घण्टापछि १ सय १० यात्रु सहितको विमान सम्पर्कविहिन हुन पुगेको पुष्टी अल्जेरियाली उड्डयन सेवाले पुष्टी गरेको छ ।

    ओउगा दोउगौबाट अल्जियर्सका लागि उडेको विमान केही समयमै हराएको हो ।
    flight AH5017 विमान हराएपछि त्यसको खोजी कार्य शुरु भैसकेको छ । विमान दुर्घटनामा परेको समेत आशंका गरिएको छ ।
    यस अघि हिँजो मात्र ताइवानमा यात्रुवाहक विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो भने अघिल्लो साता मेलसियाली विमान सेवाको विमान युक्रेनको आकाशमा गोली हानी झारिएपछि २९८ जनाको ज्यान गएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र