• Breaking News

    7.31.2014

    अमेरिकाको ग्रिनकार्ड लिएर फर्कने सपनामा ठगिँदा…

    काठमाडौं, १६ साउन । तनुहँ घाँसीकुवा स्वास्थ्यचौकीमा कार्यरत अनमी बालकुमारी रेग्मी अमेरिकाको ‘मल्टिपल’ भिसा लागेको खबरले औधी सुखी भइन् ।
    सरकारी जागिरबाट दुई वर्षका लागि बिदा लिइन् र साथीभाइलाई सुनाइन्, ‘म अब ग्रिनकार्ड लिएरमात्र स्वदेश र्फकन्छु ।’
    धेरै साथीभाइ र परिवारका सदस्यले उनलाई भाग्यमानी भन्दै बधाई दिए । कतिपयले त यो कसरी अमेरिका जान लागी भनेर पत्याएनन पनि । नपत्याउनेलाई उनी तुरुन्त भिसा देखाइदिन्थिन् अनि पत्याउन करै लाग्थ्यो । राहदानीमा अमेरिकाको पाँचबर्षे भिसा लागेको थियो । कार्यालयका साथीभाइ र आफन्तसँग बिदा भएर रेग्मी गत असार ३० गते अमेरिका जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । अध्यागमनमा भिसा देर्खापछि उनीमाथि छानविन हुन थाल्यो । पक्राउ गरिएको जानकारी दिइएपछि उनको सपना चकनाचुरमात्र भएन, लाखौं रुपैयाँ लुटिनुपरेकोमा पछुतो पनि भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
    उनी विमानस्थलभित्र छिरेपछि त्यहाँसम्म पुर्‍याउन गएका आफन्तहरु फर्किए । कहिल्यै विमानस्थल नछिरेकी उनले अध्यागमन अधिकृतलाई भिसा देखाइन् । उनलाई केहीबेर रोकेर भिसा जाँच गरियो, सहकर्मीसँग छलफल गरेर अध्यागमनका अधिकारीहरुले रेग्मीको भिसा नक्कली भएको ठहर गरे । अमेरिका जाने लोभमा रेग्मीको २० लाख रुपैयाँ त डुब्यो, अर्काको लहलहैमा लाग्दा बिनाकाम ११ दिन अध्यागमनको हिरासतमा बस्नुपर्‍यो । उनी हिरासतबाट साउन ८ गते रिहा भएकी हुन् । उनलाई आफ्नै साथी सोबिता पन्थ र उनका पति नरेन्द्रबहादुर पण्डितले ठगेका हुन् । सोही अभियोगमा पण्डित दम्पती अहिले हिरासतमा छन् । आफू अमेरिका जाने भएपछि उनले भाइलाई पनि त्यतै लैजान चाहेको र दिदी भाइको गरी उक्त ठगले ३५ लाख रुपैयाँ लिएको उनले दिएको बयानमा उल्लेख छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र