• Breaking News

    7.31.2014

    लगाउने हो त कन्डोमको ड्रेस (फोटोफिचरसहित)

    तपाईले कयौ प्रकारका डिजाइनका पहिरन देख्नु भएको होला, तर यो ड्रेस देखेर तपाई आफै आश्चर्यमा पर्नुहुनेछ । किनभने यो कण्डोमबाट बनाइएको पहिरन हो ।
    एउटा सुरक्षित सेक्ससम्बन्धी अभियान चलाउने समूहले कण्डोमको यो पहिरन डिजाइन गरेको हो । यो पहिरन ४३ वर्षीया ब्राजिलियन ड्रेस डिजाइनर एड्रियाना बर्टिनीले गरेकी हुन् । एड्रियानाको यो डे«समा मोडल्सले रैम्पमा वाक पनि गरेका छन् ।
    एड्रियाना एचआइभी एड्सबाट मानिसहरुलाई बचाउन अभियानका लागि यो ड्रेस डिजाइन गरेकी हुन् । एड्रियानाले कयौ रंगका पहिरन बनाएकी छन् । एड्रियाना र उनको टिमले कन्डोम प्रयोग गरेर कन्डोम गहना पनि बनाएका छन् ।



    एड्रियानाले डेली मेललाई बताएअनुसार उनी पहिरन र गहना बनाउन मिति गुज्रेका कण्डोम प्रयोग गर्छिन् । उनले बनाएका कयौ पहिरन अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन पनि भइसकेको छ। उनका अनुसार एउटा पहिरन तयार गर्न करिब १ हजार कन्डोम प्रयोग हुने गरेको छ। कण्डोम ड्रेस बनाउनकालािग एड्रियाना र उनको टिम नयाँ नयाँ प्रविधिको प्रयोग गर्दछन् । एजेन्सी





    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र