• Breaking News

    7.31.2014

    पुरुष जिस्काउने महिला पनि दण्डको भागिदार

    काठमाडौं,साउन१५–कानुनमन्त्री नरहरि आर्चायले महिलालाई जिस्क्याउने, अभद्र व्यवहार गर्ने पुरुष दण्डित हुनु परे झै कुनै दिन पुरुषलाई जिस्क्याउने पनि दण्डको भागीदार बन्नुपर्ने बताएका छन् ।
    लैंगिक हिंसा अन्त्य गर्न ‘केही नेपाल ऐनलाई संशोधन गर्ने’ विधेयकका बारेमा सभासद्हरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा मन्त्री आचार्यले यस्तो धारणा राखेका हुन् ।विधेयकमाथि ४९ जना सभासदले बोलेका थिए । केही सभासदल्ले पुरुषले महिलालाई अभद्र व्यवहार गर्दा कारबाहीको भागीदार बन्नु परेझै महिलाले पनि पुरुषमाथि अभद्र व्यबहार गरेमा कारबाही हुने कानुन बन्नुपर्ने धारणा राखेका थिए ।
    जवाफमा मन्त्री आर्चायले भने,‘कुनै पुरुषमाथि अभद्र व्यवहार भएमा दण्ड हुने कानुन बन्नेछ । ’लैंङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐन संशोधन विधेयकमा ३१ वटा कानूनमा संशोधन प्रस्ताव गरिएको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र