• Breaking News

    7.24.2014

    खसिको मासु बेच्ने बोर्डमुणि वाख्राको मासु

    " परिक्षण विना नै मासु किनबेच "
    दाङ ८ साउन । दाङमा रहेका बदशालाहरुमा काटिने पशु चौपायको अहिले सम्म स्वास्थ्य परिक्षण गरिएको छैन । परिक्षण विनानै काटेर उपभोक्ताहरुलाई मासु व्यापारिहरुले मासु बेची रहेको पाइएको हो ।

    विभिन्न समयमा भएका अनुगमन तथा निरिक्षणले त्यस्तो अवस्था देखिएको हो । विहीवार मात्रै तुलसिपुर नगरपालीकाको अगुवाईमा मासु पसल र बधशालाको अनुगमन गर्दा यस्तो देखिएहो हो । पशुहरुको स्वास्थ्य परिक्षण नगरेरै मासु उपभोक्तालाई खुवाएर उपभोक्ताको स्वास्थ्यमा व्यवसायीहरुले खेलवाड गरेका सरोकारवालाहरुले वताएका छन् । उनीहरुले मापदण्ड अनुसार मात्रै मासु बेच्न मासु व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

    जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख विष्णु प्रसाद धितालले जिल्लामा पशुवधशाला र मासु नाच ऐन २०५५ कार्यान्वयन गर्न नसकेको वताए । उनले विभागले मासु निरिक्षकको नियुक्ती नगर्दा यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको वताए । प्रमुख धितालले परिक्षण निवा पनि मासु खादा सचेत भएको खण्डमा भने समस्या नहुने वताए ।

    उनले पशु वधको मापदण्ड अनुसार मासु काटिएमा र राम्रो संग पकाएर खाएमा उपभोक्ता सुरक्षित हुन सकने वताए । उनले नेपालभरि मकवानपुर जिल्लामा बाहेक अन्य कुनै पनि जिल्लामा पशु स्वास्थय परिक्षण पछि पशु काटिने नगरेको बताए ।

    खसिको वोर्डमुनि वाख्राको मासु
    तुलसीपुरको रहेको मासु मार्केटमा खसिको मासु पाइने वोर्ड मुली बाख्रा काटिरहेको फेला परेको छ । खसिको मसु पसलमा बाख्रा काटिरहेका नगरपालीकाको अनुगमन टोलीले फेला परेको हो ।

    नयाँवसपार्क स्थीत मासु मार्केटका २ पसलमा बाख्रा काटिदै गरेका फेला परेको हो । दङगाली खसि मासु पसल र राजु मासु पसलमा काटदै गरेका दुई बाख्रि फेला
    परेका हुन् । खसि मासु पसलमा बाख्रिको मासु बेचिएको गुनासो आए पछि तुलसीपुर नगरपालिकाको कार्यालयको अनुगमन टोलिले रङेहात बाख्रि काटदै गरेको फेला पारेको हो ।

    खसी मासुपसलमा बाख्रि काटदै गरेका जुवेद कुरेसी आजाद कुरेसी र अनिस कुरेसी लाई नगरपालिकाले संयुक्तरुपमा हजार रुपियाँ जरिमाना गरेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए ।

    नगरपालिकाले एकपटकलाई जरिमाना गरेर छोडेको र पुनः अर्कोपटक पनि गल्ती गरे स्थानिय स्वायत्तशासन ऐन अन्र्तगत उनिहरुको मासुपसल अनुमति पत्र  रद्धगरी पसल सिज गरीने नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज वेल्वासेले जानकारी दिए ।

    त्यस्तै रागा काटने बध शालामा २ वटा भैसी काटनलाई तयारी अवस्थामा राखेको समेत पाइएको थियो । यहा पटक पटक खसीको साटो बाख्रा भेडा र रागाको साटो भैसिको मासु विक्री गरिदै आएको उपभोक्ताहरुले वताए । तुलसिपुर उद्योग बाणिज्य संघका महासचिव नेत्रलाल वलीले उपभोक्ताहरुको स्वास्थ्यमा खेलावाड गर्न कुनै पनि व्यापारीले नपाउने वताए । उनले केहि व्यापरिहरुको बदमासिले आम व्यवापरी र उपभोक्ता समस्यामा परेका वताए ।
    कारोबार बात

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र