• Breaking News

    7.14.2014

    भुवन केसीले छोराको बिहेमा भेटे पूर्वपत्नी

    काठमाडौं । अभिनेता भुवन केसीले आफ्नो जेठो छोराको बिहेमा पूर्वपत्नीलाई भेटेका छन् । उनले अमेरिकामा भएको बिहेका क्रममा पूर्वपत्नी विजया केसीलाई भेटेका हुन् ।

    विजयाकै कोखबाट जन्मेका छोरा विवेक केसीको बिहेका लागि भुवन अमेरिका पुगेका हुन् । बिहे समारोहमा दुलाहा छोराभन्दा स्टार बाबु भुवन सबैको आकर्षणको केन्द्र बनेका थिए ।

    सम्बन्धविच्छेद गरेर सुस्मिता केसीसँग बिहे गरेका भुवनका पूर्वपत्नी विजया कुनैबेला नेपाल टेलिभिजनका समाचारबाचिका थिइन् । हाल आमाछोरा नै अमेरिकाको बोस्टनमा बस्दै आएका छन् ।

    भुवनका छोरा विवेकले अमेरिकामै बसोबार गर्दै आएका तनासा केसीसँग बिहे गरेका हुन् ।

    भिडियो हेर्न यहाँ  क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र