• Breaking News

    7.14.2014

    डन चक्रे मिलन छुट्दा तीन घन्टा सडक ठप्प

    काठमाडौं, असार ३१
    सुन्धाराको सिटिसी मल परिसर सोमबार दिउँसो अचानक मानिसको चहलपहलले भरियो। काठमाडौं महानगरपालिका,सिटिसिबाट चाइना टाउन जाने बाटो केन्द्रीय कारागार परिसर चिल्ला निजी गाडी र मोटरसाइकल पार्किङले सजिए।
    लावालस्क र भीडभाडले बाटो जाम भयो। चमकधमक देख्दा यस्तो लाग्थ्यो, त्यहाँ कुनै धरानियाको बिवाह पार्टी चलिरहेको छ। र गन्यमान्य भिआइपिहरु धमाधम आइरहेका छन्। सहिदगेट र त्रुपुरेश्वरबाट गाडी र मोटरसाइकलको लर्को थपिँदै थियो। कतिपय पैदलै ओइरिँदै थिए। आजको नागरिक दैनिकमा खबर छ।
    बिहे त होइन पो रहेछ। केन्द्रीय कारागारबाट कुख्यात अपराधि मिलन गुरुङ उर्फ चक्रे मिलन छुट्दै रहेछ। त्यो सारा भीड उनकै स्वागतका लागि रहेछ।
    नभन्दै तीन घन्टा लामो प्रतिक्षापछि चक्रे थुनामुक्त भए। भीडलाई सानले हात हल्लाउँदै अघि बढे। भीड पछि लाग्यो।
    सर्वसारधारणले एक मिनेट पनि मोटरसाइकल र गाडी रोक्न नपाउने त्यो ठाँउमा  एकैपटक सयभन्दा बढी मोटरसाइकल पार्क गरिए भने ट्रेड सेन्टरबाट केन्द्रीय कारागार जाने सडकमा  तीन चारवटा गाडी रोकिराखेका थिए। मुल सडक नै अस्तव्यस्त हुने गरी भीड जम्मा गर्ने गुरूङको स्वागतमा आएका मानिसहरुको भीडलाई नै न प्रहरीले व्यवस्थित बनाउन सक्यो, न त ट्राफिक प्रहरीले नै। जसले तीन घन्टाभन्दा बढी समय सर्वसाधारणले सास्ती खेप्नुपर्‍यो। सेतोपाटी बाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र