एक वर्षको तलब एकैपटक बुझ्ने सुरमा आउका ७५ वर्षीय वृद्ध लेखा शाखामा ताल्चा झुन्डिएको देखेर खिन्न भए। खुइया गर्दै सुस्केरा हालेर भने, 'बल्लबल्ल तलब लिन आएको अड्डाको ढोकै बन्द रहेछ ।'
आर्थिक वर्ष अन्त्य हुने दिन असार ३२ गते हाजिर गरेर हिँडेका जिविस लेखा शाखाका कर्मचारी ५ दिनदेखि फर्केका छैनन्। आजको कान्तिपुरमा खबर छ ।
आउने गाडी भाडा १ सय १५, फर्कदा त्यतीनै उनले तलबको हिसाब लगाउँदै भने,' आज हाकिम भेटिन्छन् भन्ने सुनेको थिए।' पांग्रेटार नौ का खिलबहादुर कार्कीले जिज्ञासा राखे, 'दुःख मात्रै पाइयो। अर्को हाकीमलाई कुरा गर्नुपर्यो। फोन गरेरै आएको थिए, ' उनले दुखेसो पोखे।
अलमलमा परेका कार्कीलाई जिविस कार्यालयका सहयोगीले बाटो देखाए। उनी लुरूलुरू जिविसका सूचना अधिकृत राजेन्द्र प्याकुरेलको कार्यकक्ष पुगे। नमस्कार सर , हात जोड्दै परिचय गरे, 'म झोलुंगे पुलको हेरालु। तलब लिन आएको ठूलो हाकिक भेटिनँ,'उनले पटक-पटक हात जोर्दै भने २ सय तलब लिन कति धाउने हजुर।'
२०५३/५४ मा नियुक्ति लिएका कार्कीले जिविसबाट त्यतीबेलादेखि मासिक २ सय रुपैयाँ तलब बुझ्दै आएका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :
No comments:
Post a Comment