काठमाडौं । सामान्यतया मान्छेलदे मान्छेसंगै विवाह गर्ने गर्छन् । तर संसारमा बेलोबलामा यस्ता घटनाहरु भइरहेका छन्, जहाा मान्छेले अन्य जन्तुसंग विवाह गरेका छन् ।
मेक्सिकोमा माझीहरु बसोबास गर्ने एउटा क्षेत्रका मयेरले गोहीसँग विवाह गरेका छन् । मेयर वासक्युजले यो विवाहले गाउँमा समृद्धि ल्याउने बताएका छन् ।
गोहीसँग विवाह गर्नु यहाँको पुरानो परम्परा हो । गाउँलेका अनुसार पोथी गोहीसँग विवाह गरे प्रशान्त महासागरको तटमा माछाको संख्या निकै बढ्नेछ जसबाट गाउँ समृद्ध हुनेछ । मेयर जोयलले गाउँलेहरु गोहीसँग आफूले विहे गरेपछि गाउँलेहरु निकै खुशी भएको बताए ।
गाउँलेहरुले विहेमा नाचगान गरेका थिए । स्थानीय इडुआराडो जाराटेले यो परम्परा उनीहरुका लागि निकै महत्वपूर्ण भएको बताए । ‘यो हाम्रो पुर्वजले हामीलाई छाडेर गएको उपहार हो’ उनले भने ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :
No comments:
Post a Comment