साउन ५ काठमाडौं । भारत सरकारसँग सोमबार हुने भनिएको विद्युत क्षेत्रसँग सम्बन्धित विषयमा द्विपक्षीय बैठक स्थगित भएको उर्जा मन्त्रालयले जनाएको छ ।
विद्युत व्यापार सम्झौतालगायतका बारेमा भारतले पठाएको सम्झौताको मस्यौदामा विरोध भएपछि बैठक स्थगित गरिएको हो । बैठक सोमबार र मंगलबार भारतको नयाँदिल्लीमा हुने तय भएको थियो ।
स्थगित बैठक प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्केपछि मात्रै बैठक हुनेछ । प्रधानमन्त्री मंगलबार स्वदेश फर्कंदैछन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :
No comments:
Post a Comment