• Breaking News

    12.22.2013

    चेलीबेटी बिक्री गर्न खोज्ने दुई दलाल पक्राउ

    आइतबार, पुस ७,
    पर्सा, ७ पुस । ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरुको आज उद्धार गरिएको छ । चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

    युवतीलाई बिक्रीका लागि लैजाने भारतीय नागरिक भारतको विहार बेतियाका ओमप्रकाश साह र पूर्वी चम्पारण रक्सौलका राजकिशोर महतोलाई पक्राउ गरिएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने उद्धार गरिएका चेलीलाई माइती नेपालमा राखिएको छ ।

    hamrakura.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र