काठमाडौ, ७ पुस। एसएसपी प्रेम बहादुर चन्द सहित ४जनालाई भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष
अदालतमा मुद्धा दायर गररेको छ।
अञ्चल प्रहरी कार्यालय बाग्मतीका लागि काभ्रेपलान्चोक जिल्ला साँगा गाविस वडा नं. ४ हालको वडा नं. ६ को कि.नं ८०८ क्षेत्रफल ३ रोपनी २ आना १ पैसा १ दाम जग्गा साबिक जग्गाधनीहरुबीच २०६६ माघ २६ र २७ गते गरी २ पटक सम्म रु. १९,६६,०००। मा खरिद बिक्री भएको ३ महिना २० दिनपछि रु. १,९९,४८,८९६। मा प्रहरी वरिष्ठ उपरीक्षक प्रेमबहादुर चन्दले जग्गाधनीहरुसँग मिलेमतो गरी नियोजित र बदनियतपूर्वक जग्गा खरिद गरी नेपाल सरकारलाई रु. १,७९,८२,८९६।– हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरु बिरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक प्रेमबहादुर चन्द उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को खण्ड (झ) बमोजिम कैद सजाय ऐनको दफा ३(१) बमोजिम बिगो बराबर जरिवाना समेत हुन तथा जग्गाधनीहरु राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थसमेत उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले सोही बमोजिम सजाय एवं बिगो रु. १,७९,८२,८९६। जफत हुन समेत मागदाबी लिई निजहरु ४ जना उपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी गराउनुभएको छ।

No comments:
Post a Comment