• Breaking News

    8.13.2013

    वैज्ञानिकहरुले भुल्नै नदिने उपकरण यस्तो बनाएका छन

    अमेरिकी वैज्ञानिकहरुले  तयार पारेको नया उपकरण बाट मानिसलाई भुल्ने बानीबाट मुक्त गराउनेछ ।  स्मरणशक्तिको क्षयिकरण हुने अल्जाइमर रोगबाट ग्रस्त बिरामीहरुको लागि लक्षित गर्दै वैज्ञानिकहरुले  यस्तो माइक्रोचिप बनाएका हुन् । वैज्ञानिकहरुका अनुसार यो माइक्रोचिपले मस्तिष्कको कामलाई नियमित गर्नेछ र स्मरणशक्तिलाई सदैव  मजबुत बनाउनेछ । यो माइक्रोचिप लगाएका व्यक्तिहरुले पूरानो कुरा पनि सजिलै सम्भिmन सक्ने बताइएको छ ।

    आगामी दुइ वर्षभित्रमा यो चिप मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको हिप्पोक्याम्पस नामक भागमा यो चिपले प्रभाव जमाउनेछ, जुन भाग लामो समयसम्म घटनाको स्मरण गर्ने क्षमतासँग सम्बन्धित छ ।

    वैज्ञानिकहरुले मुसा र बाँदरको मस्तिष्कमा यो चिप प्रत्यारोपण गरि यसले स्मरणशक्ति बढाइदिने कुरा प्रमाणित गरिसकेका छन् । अब सोही मुताविक यो चिप मानिसको मस्तिष्कमा समेत प्रत्यारोपण गर्ने लक्ष्य उनीहरुको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र